+
+
Shares

कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते ९:१५

३० कात्तिक, धनगढी । कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जनालाई पक्राउ गरेको छ ।

उनले चलाएको म२प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीको जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डडेल्धुराको आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् ।

उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको ह ।

यस्तै, भजनी नगरपालिका-३ को कुसमघाटमा गरिएको चेकजाँचमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी रहेका छन् ।

उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–५ को गेटामा थप दुई जनालाई पक्राउ गरिएको छ ।

चेकजाँचका क्रममा बिजय बिष्टले चलाएको से ६ प ७५९४ नम्बरको मोटरसाइकल र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी, लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई बागमार क्षेत्रबाट पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?