+
+
Shares

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १३:२६

७ असार, धनगढी । कञ्चनपुरमा ठूलो परिणामको लागुुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–६ का दिपक बिसी र दार्चुलाको महाकाली नगरपालिका–३ निवासी नरसिंह महरा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बीसी युवा सशक्तिकरण समिति कञ्चनपुरका अध्यक्ष हुन् । प्रहरीका अनुसार उनीहरूलाई पुनर्वास नगरपालिका–६ को एक होटलबाट लागुऔषधसहित पक्राउ गरेको गरिएको थियो ।

विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट २७३ दशमलव २६० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?