+
+
Shares

जेनजीसँग बालेन– समस्या सक्दै समाधान पनि दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते २२:२७

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन शाहले आफू समस्या सकेर समाधान पनि दिने मान्छे भएको बताएका छन् ।

सोमबार उज्यालो नेपाल पार्टीसँगको एकतामा हस्ताक्षर गरेर निस्कने क्रममा शाहले एक जेनजी रिजन राना मगरसँग केहीबेर भलाकुसारी गरेका थिए ।

सो क्रममा उनले आफू समस्या सक्नका लागि समाधान पनि दिने मान्छे भएको टिप्पणी गरे ।

भिडियोमा उनले रिजनसँग भनेका छन्, ‘समस्या सक्दै समाधान पनि दिने हो के । मैले दुईवटा काम गर्छु के, त्यो समस्याको समाधान सम्झाइदिनुभयो भने काम गर्नुपर्‍यो मैले, हैन ? त्यो समस्या भन्दा, दाई आफैं समाधान खोज्न भन्नुपर्‍यो । मैले सक्छु भने सक्छु भन्छु । सक्दिनँ भने यसको समाधान म सँग छैन भन्दिन्छु ।’

कुलमानसँग आजै साँझ सहमतिमा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा बालेनले साक्षीको रुपमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?