+
+
Shares

सामूहिक गिरफ्तारी दिने भन्दै गएको ढुंगाना समूहलाई प्रहरीले रोक्यो

काठमाडौँको माइतीघरमा मिराज ढुंगाना नेतृत्त्वमा केही जेनजी र प्रतिनिधिहरू प्रदर्शनमा उत्रिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १३:२८

७ पुस, काठमाडौँ । काठमाडौँको माइतीघरमा मिराज ढुंगाना नेतृत्त्वमा केही जेनजी र प्रतिनिधिहरू प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केहीलाई नियन्त्रणमा लिएको केहीबेरमै छाडिसकेको छ ।

प्रदर्शनकारीलाई प्रहरीलाई नियन्त्रणमा लिएको विरोधमा ढुंगानासहितले सामूहिक गिरफ्तारी दिनेभन्दै जिल्ला प्रहरी परिसर काठमाडौँतर्फ जाँदा प्रहरीले रोकेको छ । प्रहरीले रोकेपछि अहिले उनीहरू जिल्ला सरकारी वकिलको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । त्यहाँबाट भद्रकालीतर्फ भने प्रहरीले जान रोक लगाएको छ ।

प्रशासनको अनुमतिबिना प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूको प्रदर्शनलाई निस्तेज पार्न खोजिरहेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर ढुंगानासहितले आज प्रदर्शन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?