+
+
Shares

अल्टिच्युड एयर हेलिकप्टर दुर्घटना प्रतिवेदन : ‘ह्वाइट आउट’ पासोमा परेको पुष्टि

पाइलटले अवतरणको समयमा हेलिकप्टर असन्तुलनको अनुभव गरेका थिए । सोहीक्रममा मुख्य रोटर भुइँमा ठोक्किएर हेलिकप्टर पल्टिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १२ कात्तिक २०८२ मा सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर '९एन–एएमएस' ह्वाइट आउट पासोमा परेको पुष्टि भएको छ।
  • प्रतिवेदनले अवतरणका बेला ह्वाइट आउट र हेलिप्याडमा ताजा हिँउले भिजिबिलिटी कम हुँदा दुर्घटना भएको उल्लेख गरेको छ।
  • सरकारले गठन गरेको समितिले उडान नियमन, जोखिम मूल्यांकन र हेलिप्याडमा स्पष्ट मार्कर राख्न सुझाव दिएको छ।

१५ चैत, काठमाडौं । १२ कात्तिक २०८२ मा सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको अल्टिच्युड एयरको दर्ता नम्बर ‘९एन–एएमएस’ हेलिकप्टर ‘ह्वाइट आउट पासो (हेलिकप्टरलाई स्थिर बनाउँदा रोटरको हावाले भुइँको हिँउ उडाएर दृष्यतामा असर पर्नु)’ मा परेको पुष्टि भएको छ ।

दुर्घटनापछि सरकारले गठन गरेको समितिबाट प्राप्त दुर्घटना जाँच अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार हेलिकप्टर अवतरणका बेला ह्वाइट आउट अवस्था सिर्जना भयो । लोबुचेमा अवतरण गर्दा हेलिप्याड ताजा हिँउले ढाकिएको प्रतिवेदनमा देखिएको छ । सोहीकारण हिँउ उडेर भिजिबिलिटीमा असर पुगेको थियो ।

पाइलटले अवतरणको समयमा हेलिकप्टर असन्तुलनको अनुभव गरेका थिए । सोहीक्रममा मुख्य रोटर भुइँमा ठोक्किएर हेलिकप्टर पल्टिएको थियो ।

प्रतिवेदन अनुसार मानवीय क्षति नभएको यस दुर्घटनापछि हेलिकप्टरमा भने गम्भीर क्षति पुगेको थियो । हेलिकप्टर चार्टर उडानका बेला लोबुचे पुगेको थियो । सोही दिन हेलिकप्टरको छैटौं उडान थियो । हेलिकप्टरमा प्राविधिक समस्या देखिएको छैन ।

प्रतिवेदनले लुक्लामा पर्याप्त आवश्यक जिम्मेवार अधिकारीहरू नभएको अवस्थामा उक्त भेगमा हुने उडानको प्रभावकारी नियमन र जोखिम मूल्यांकनमा समेत प्रश्न उठाएको छ ।

पाइलटले हिउँले ढाकिएको हेलिप्याडमा भिजिबिलिटी कम हुँदा पनि अवतरणलाई निरन्तरता दिनुलाई दुर्घटनाको कारण मानिएको छ । ह्वाइट आउट हुँदाको समयमा पाइलटले अवतरण क्रममा असन्तुलित हेलिकप्टरको उडानलाई थप सुधार गर्न नसक्दा पल्टिएको हो । यस उडानका क्रममा लोबुचेमा ग्राउन्ड स्टाफ उपस्थित नहुँदा पनि पाइलटलाई सहयोग प्राप्त हुन नसकेको देखिएको छ ।

प्रतिवेदनले सरोकारवालालाई विभिन्न सुझाव समेत दिएको छ । जसमा सबै हेलिकप्टर अपरेटरले व्यस्त समयमा सब–बेसहरूमा अनिवार्य कर्मचारी राख्न भनेको छ । उडानअघि पाइलटहरूलाई अवतरण स्थलको अवस्था र मौसमबारे विस्तृत जानकारी राख्न समेत सुझाव दिइएको छ ।

दुर्गम क्षेत्र र उद्धार उडानका लागि पूर्वउडान जोखिम मूल्यांकन तयार गर्नसमेत प्रतिवेदनले सुझाव दिएको छ । लोबुचेजस्ता उच्च हिमाली भेगका हेलिप्याडमा स्पष्ट र स्तरीय मार्कर राख्न समेत भनिएको छ । हिँउ र उच्च हिमाली भेगमा हुने उडान सम्बन्धी निर्देशिका बनाउन समेत सुझाव दिइएको छ ।

सोही दिन हेलिकप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । हेलिकप्टरमा उनीमात्र सवार थिए । लुक्लाबाट बिहान ७:४१ बजे  उडेको हेलिकप्टर ७:५२ मा लोबुचे पुगेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?