News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय एयरलाइन्सले काठमाडौं र चीनको सेन्जेन सहरबीच व्यावसायिक रूपमा सिधा उडान सेवा सुरु गरेको छ ।
- काठमाडौंबाट प्रत्येक मंगलबार र बिहीबार तथा सेन्जेनबाट प्रत्येक बुधबार र शुक्रबार उडानहरू सञ्चालन हुनेछन् ।
- नयाँ हवाई सेवाले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।
२२ जेठ, काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडाैं-सेन्जेन सिधा उडान सुरु गरेको छ ।
चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेनबीच ऐतिहासिक सिधा उडान बिहीबारदेखि सुरु भएको कम्पनीले जनाएको छ ।
काठमाडौं–सेन्जेन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जुन २०२६ मा नेपाली स्थानीय समय अनुसार राति ९:५९ बजे ९८ यात्रुसहित प्रस्थान गरेको थियो । ५ जुनमा उक्त उडान चीनको स्थानीय समय अनुसार बिहान ४:१७ बजे सेन्जेनस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
त्यसैगरी सेन्जेन–काठमाडौं उडानले सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जुनमा चिनियाँ समय अनुसार बिहान ०६:१२ मा १ सय ५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली समय अनुसार बिहान ८:२६ मा काठमाडौं अवतरण गरेको छ ।
कम्पनीका अनुसार काठमाडौंबाट सेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार प्रस्थान उडान हुनेछ । सेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
यो नयाँ सेवा सुरु भएसँगै यसले यात्रु पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्ध अझै मजबुत बनाउने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4