News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको बरहथवामा बयलगाडाले किचेर घाइते भएका नौ वर्षीय बालक सुभास कुम्हालको वीरगञ्जमा उपचारका क्रममा २४ जेठ बिहान मृत्यु भएको छ ।
- बरहथवा नगरपालिका–१६ मा शनिबार खैरु पण्डितले चलाएको बयलगाडाले किच्दा स्थानीय कृष्ण कुम्हालका छोरा सुभास गम्भीर घाइते भएका थिए ।
- घाइते बालकलाई बरहथवा नगर अस्पतालबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२४ जेठ, सर्लाही । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए।
त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्याएकामा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4