+
+
Shares

ठमेलको बारमा एकसाथ देखिए आयुष्मान खुराना र सुशान्त केसी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउडका चर्चित अभिनेता तथा गायक आयुष्मान खुराना ठमेलस्थित एक क्लबको दोस्रो वार्षिकोत्सवमा सहभागी हुन काठमाडौं आएका छन् ।
  • उनले शनिबार राति ठमेलको ‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ मा नेपाली गायक सुशान्त केसी र प्रशंसकहरूसँग भेटघाट गरे ।
  • सन् २०१२ मा ‘विकी डोनर’ बाट डेब्यु गरेका अभिनेता खुराना ‘पानी दा रंग’ जस्ता चर्चित गीतका कारण संगीत क्षेत्रमा लोकप्रिय छन् ।

काठमाडौं । चर्चित बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना अहिले काठमाडौं घुमघाममा ब्यस्त छन् । शनिबार राती उनी ठमेलको एक बारमा केही नेपाली सेलिब्रेटीसँग देखिए ।

‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ क्लबमा उनी गायक सुशान्त केसीसँगै गफगाफ गरिरहेको देखिएका छन् । उक्त बारको दोस्रो एनिभर्सरी सेलिब्रेसनमा पाहुनाको रुपमा खुरानालाई नेपाल निम्तो दिइएको बुझिएको छ ।

प्राप्त भिडियो र तस्वीरमा आयुष्मानले क्लबमा पुगेका नेपालीसँग रमाइलो गरेको देख्न सकिन्छ । नेपालमा समेत राम्रै फ्यान फलोइङ भएका खुरानासँगको महत्वपूर्ण क्षणलाई नेपाली प्रशंसकले क्यामेरामा कैद गरेका छन् ।

सन् २०१२ मा फिल्म ‘विकी डोनर’ बाट बलिउडमा अभिनेताका रूपमा डेब्यु गरेका अनुष्मान दम लगा के हैशा, अन्धाधुन, बधाई हो, आर्टिकल १५, ड्रिम गर्ल, बाला, शुभ मंगल ज्यादा सावधान र डाक्टर जी जस्ता फिल्म चर्चामा छन् ।

संगीत क्षेत्रमा पनि उन लोकप्रिय छन् । ‘विकी डोनर’ फिल्मको चर्चित गीत ‘पानी दा रंग’ गाएर गायकका रूपमा समेत ठूलो सफलता प्राप्त गरे । उक्त गीतका लागि उनले फिल्मफेयर उत्कृष्ट पुरुष पाश्र्वगायक पुरस्कार जितेका थिए ।

त्यसपछि मिट्टी दी खुशबू, यही हूँ मैं, चन कित्थन, नज्म नज्म, नैना दा क्या कसूर र ओ हीरिये जस्ता गीतमार्फत उनले आफ्नो सुमधुर आवाजको छाप छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?