+
+
Shares

प्रधानमन्त्रीको निर्देशन शासकीय सुधारका सय बुँदामा थियो, त्यसमै फोकस भयौं : स्वास्थ्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले प्रधानमन्त्री बालेन शाहको निर्देशन अनुसार शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताइन् ।
  • मन्त्री मेहताले मन्त्रालयका कामकारबाहीबारे जानकारी गराउन सम्भव भएसम्म हरेक १५ दिनमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
  • मन्त्रालयले विज्ञ तथा सञ्चारकर्मीका सुझावलाई आत्मसाथ गर्दै कमजोरी सुधार गरेर अघि बढ्ने मन्त्री मेहताले जानकारी दिइन् ।

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् ।

आइतबार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन् ।

मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकी हाम्रो मेट टार्गेट भनेको नै सय बुँदा थियो । यसलाई कसरी कम्पिलिट गर्ने ? हामीलाई माथि बाटै सम्माननीयज्यू (प्रधानमन्त्री) को मेन निर्देशन शासकीय सुधारको जुन हन्ड्रेड प्वाइन्ट्स थियो । त्यसलाई कसरी कम्प्लिट गर्ने भनेर सबै उतातिर फोकस भयौं,’ मन्त्री मेहताले भनिन् ।

आफ्नो मन्त्रालयले कम्तीमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताइन् ।

‘प्रेस एडभाईजरी हामीले टाईम टू टाईम यसरी मिटिङ राख्नुपर्ने । यसमा हाम्रो ध्यान नै गएन । त्यसका लागि हामी क्षमाप्राथी नै छौं । यो हाम्रो इन्ड होइन, कन्टिन्युटी हो । हाम्रो प्रवक्ताले यो भनिसक्नु भयो,’ उनले भनिन्, ‘सम्भव भएपछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्ने छौ । हजुरहरूको जति पनि गुनासाहरू छ । फिडब्याक र एडभाईसहरू छ । सचिव र सचिवालयले नोट गरेको छ ।’

मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरूलगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि उनको भनाइ छ ।

‘सुधारका कुराहरू धेरै आएका छन् । हाम्रा कमीकमजोरीहरू, हाम्रा स्ट्रेन्थहरू के छन ? त्यो हामी सबैले बुझेका छौँ । यसलाई आत्मासात गर्दैै हामी पक्कै अघि बढ्नेछौं,’ मन्त्री मेहेताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?