+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै विद्यार्थीहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले काठमाडौंको घण्टाघरमा विरोध प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

२२ जेठ, काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शान लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

त्रिचन्द्रका विद्यार्थी मनोज भण्डारीले नेपालका प्रधानमन्त्रीले संसदमा देशको गरिमा विपरीत सीमा सम्बन्धी अभिव्यक्ति दिएकाले विरोध जनाएको बताए ।

उनले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आफूहरूको आन्दोलन नरोकिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?