News Summary
Generated by OK AI. Editorially reviewed.- महामन्त्री बुर्लाकोटीले ‘हाम्रो भूमिहरू मिचिन दिनु हुँदैन’ भन्दै भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताए ।
- उनले बजेट पारित गर्न ढिलाइ हुने भएकाले विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध पार्न नहुने धारणा राखे ।
- काठमाडौंका मेयर बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे पार्टीमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।
१९ जेठ, काठमाडौं । भारतसँगको सीमबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख खोलेको छ ।
पार्टीका महामन्त्री समेत रहेका सांसद कबिन्द्र बुर्लाकोटीले मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा आफ्नो व्यक्तिगत भन्दा पनि सो विषयमा पार्टीकै धारणा राख्ने बताए ।
र, उनले पार्टीको स्पष्ट धारणा पनि सुनाए ।
‘पार्टीको धारणा स्पष्ट नै छ । र, यो विषय थप छलफलहरू अगाडि बढछ । यो तत् ठाउँहरूमा नै छलफल भएर अगाडि बढ्ला । यो विषयमा मैले थप धारणा राख्नु भन्दा पनि पार्टीको धारणा स्पष्ट छ,’ उनले थप भने, ‘हाम्रो भूमिहरू मिचिन दिनु हुँदैन । ती भूमिहरू फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरू गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ ।’
उनले उक्त विषयबारे पार्टीमा निरन्तर छलफल पनि भइरहेको जिकिर गरे । साथै, संसद् सञ्चालनबारे विपक्षी दलहरूसँग पनि छलफल भइरहेको उनको भनाइ थियो ।
‘यही विषयमा हामी छलफल गरिराखेका छौं । प्रतिपक्ष दलहरूसँग हामीले यो विषयमा पनि छलफल गरिराखेका छौं । यो सदन सुचारु गरौं,’ उनले भने, ‘त्यो विषयमा तत्अवस्थामा सरकारको तर्फबाट त्यसको कुराहरू आइनै हाल्छ भनेर हामीले यसरी राख्यौं ।’
उनले बुर्लाकोटीले बजेट पारित गर्न ढिलाइ हुने भएकाले पनि विपक्ष दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए ।
प्रतिक्रिया 4