News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट एलायन्स नेपालले आयोजना गर्ने एभरेस्ट समिटियर्स समिट २०२६ का लागि कविता नेपालीलाई पब्लिक रिलेसन प्रतिनिधि नियुक्त गरेको छ।
- सोमबार काठमाडौंमा कविता नेपाली र समिट आयोजकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
- कविताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समिट प्रतिनिधित्व गर्दै दिगो पर्वतारोहण र हिमाली संरक्षणमा योगदान दिने बताइएको छ।
१९ माघ, काठमाडौं । एभरेस्ट एलायन्स नेपालको आयोजनामा हुने एभरेस्ट समिटियर्स समिट २०२६ का लागि सगरमाथा आरोही एवम् कलाकार कविता नेपालीलाई पब्लिक रिलेसन प्रतिनिधि नियुक्त गरिएको छ।
एभरेस्ट समिटियर्स समिट नेपाल र कविता नेपालीबीच सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई वर्षका लागि सम्झौता भएको बताइएको छ ।
एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुनेछ। कविता नेपालीले सन् २०२५ मे १८ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन् ।
यस सहकार्यअन्तर्गत कविताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समिटको प्रतिनिधित्व गर्नुका साथै दिगो पर्वतारोहण, फोहोर व्यवस्थापन, हिमाली संरक्षण र जिम्मेवार पर्यटन प्रवर्द्धनमा योगदान दिने बताइएको छ ।
आयोजकका अनुसार यो सहकार्य हिमाल संरक्षण र भावी पुस्तालाई प्रेरणा दिने साझा प्रतिबद्धताको रूपमा लिइएको छ।
प्रतिक्रिया 4