News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार खोटाङको बालबेसीमा एयर डाइनेस्टीको ‘९एन–एएफक्यू’ हेलिकप्टर दुर्घटनामा परेको छ।
- हेलिकप्टरमा पाइलटसहित ६ यात्रु सवार थिए र एक यात्रु सामान्य घाइते भएको छ।
- काठमाडौंको त्रिभुवन विमानस्थलबाट ११ बजे उडेको हेलिकप्टर ११:५१ मा दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।
४ चैत, काठमाडौं । बुधबार खोटाङमा एयर डाइनेस्टीको ‘९एन–एएफक्यू’ हेलिकप्टर दुर्घटनामा परेको छ ।
हेलिकप्टरमा पाइलट सहित ६ यात्रु सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार दुर्घटना खोटाङको बालबेसी भन्ने स्थानमा भएको हो । स्थानीय समय अनुसार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ११ बजे उडेको हेलिकप्टर ११:५१ मा दुर्घटनामा परेको समेत प्राधिकरणले जनाएको छ ।
एक यात्रु सामान्य घाइते भएको र अन्य सबै सकुशल रहेको समेत प्राधिकरणको सूचनामा उल्लेख छ । हेलिकप्टरमा शव भने नरहेको समेत प्राधिकरणले जनाएको छ । दुर्घटना लगत्तै अर्को हेलिकप्टर उद्धारका लागि घटनास्थल पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4