+
+
Shares

सुदूरपश्चिम प्रदेश सभा अधिवेशन आह्वान गर्न नेकपाको माग

नेकपा प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न एक साताभित्र माग गरेको छ।
  • प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएसँगै हिउँदे अधिवेशन नबोलाइएको र बैठक नबस्दा बजेट कार्यान्वयन कमजोर भएको नेकपाले उल्लेख गरेको छ।
  • नेकपाले मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचार आरोप छानविन नबढाएको र राजनीतिक नियुक्ति बढाएको विषयमा पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।

६ चैत, धनगढी । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेको छ ।

नेकपा संसदीय दलका नेता खगराज भट्टले शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाउदै एक साताभित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपाले प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएर अहिलेसम्म हिउँदे अधिवेशन नबोलाइएकोप्रति असन्तुष्टि जनाएको छ । प्रदेश सभाको नियमित अधिवेशन आह्वान नभएका कारण बैठक बस्न सकेको छैन ।

चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन अत्यन्तै कमजोर रहेको, सुशासन कायम गर्न नसकेको, सञ्चार माध्यममार्फत विभिन्न गुनासा बाहिरिएको र प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरू पारित प्रक्रियामा अघि बढ्न नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रदेश सभाको बैठक नबसेका कारण सार्वजनिक सरोकारका यी विभिन्न मुद्दामा निर्वाचित प्रदेश सभा सदस्यले प्रश्न उठाउन नपाएको नेकपाले जनाएको छ । प्रदेश सरकारले आफ्ना कार्यकर्ता खुशी बनाउन राजनीतिक नियुक्ति गरिरहेको, मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपको छानविन प्रक्रिया अघि नबढाइएको कुरामा समेत ध्यानाकर्षण गराएको छ ।

जननिर्वाचित सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न गर्ने मुख्य थलो नै संसद भएकाले संसद बन्द रहँदा जनप्रतिनिधिको भूमिकामा अवरोध भएको नेकपा संसदीय दलको भनाइ रहेको छ । ध्यानाकर्षण पत्रमा नेकपाले सरकारलाई प्रदेश सभाको नियमित अधिवेशन बोलाउन एक साताको समय दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?