+
+
Shares

नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १४:१६

१६ फागुन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्ककर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका पहाडी २०७९ को चुनावमा रुपन्देही ५ मा प्रदेश सभा सदस्य उम्मेदवार थिए ।

पहाडीले राष्ट्रियतको सवालमा एमालेको दृढ अडानलाई आधार मानेर एमाले रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए ।

उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् ।

पहाडीलाई पार्टीमा स्वागत गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले देशलाई संकटबाट निकास दिन र  समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन एमालेको जित आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?