+
+
Shares

सिरहामा जनमतका समानुपातिक उम्मेदवार दनुवार नेकपा प्रवेश

जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेकपामा प्रवेश गरेका छन्।

सुरेश राय सुरेश राय
२०८२ फागुन १२ गते १३:५३

१२ फागुन, सिरहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

कर्जन्हा नगरपालिका–८ का अध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपामा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सिरहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारीलगायतले दनुवारलाई पार्टीमा स्वागत गरेका थिए ।

दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफूले पार्टी प्रवेश गरेको स्पष्ट पारे । विकास, स्थायित्व र राजनीतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आफूले निर्णय लिएको उनले उल्लेख गरे।

उनले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म साझा लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रको समग्र विकासका लागि सबै शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?