२३ मंसिर, जनकपुरधाम । बलात्कारको आरोप लागेको जनमत पार्टीका निलम्बित केन्द्रिय सचिव बीपी साहले प्रहरी समक्ष आत्मसमर्पपण गरेका छन् ।
उनले मंगलबार साहले जिल्ला प्रहरी कार्यालय धनुषा पुगी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । बलात्कार आरोपमा एक महिलाले साहमाथि केही महिनाअघि जाहेरी दिएकी थिइन् । प्रहरी प्रशासनले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साह आफैं कार्यालयमा आएर आत्मसमर्पण गरेको धनुषाका एसपी रुगमबहादुर कुँवरले बताए ।
आफूलाई अहिले पक्राउ नगरेर चुनावमा उम्मेदवार बने पक्राउ गर्ने तयारीमा रहेकाले आफैं प्रहरीमा हाजिरी हुन आएको उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।
जिल्ला अदालत धनुषाले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको समय थप गरेको प्रहरीले जनाएको छ ।
साहमाथी जाहेरी दर्ता भएपछि उनी आबद्ध जनमत पार्टीले केन्द्रीय सचिव पदबाट समेत निलम्बन गरेको थियो ।
प्रतिक्रिया 4