News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हामी तीन भाइ'ले १३ चैतदेखि प्रदर्शन तयारी गर्दै प्रचारप्रसार तीव्र तुल्याएको छ।
- शुक्रबार गीत 'झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली' युट्युबमा सार्वजनिक भएको छ।
- गीतमा साप शक्तिले संगीत भरेका छन् र कलाकारहरूले छमछमी नाच प्रस्तुत गरेका छन्।
काठमाडौँ । १३ चैतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ ले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । निर्माताले पोस्टर, टिजर र गीत धमाधम दर्शकमाझ ल्याइरहेका छन् ।
शुक्रबार यसको गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ युट्युबमा सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा साप शक्ति र अस्मिता अधिकारीले स्वर दिएका छन् ।
शक्तिले नै संगीत भरेका छन् । शब्द सुवलमणी सापकोटाको छ । सङ्गीत संयोजन महाराज थापाको छ । गीत र गीतको भिडियोले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउँछन् ।
गीतमा फिल्मका कलाकार फलित राई, जान्ह्वी बस्नेत, कुशल विष्ट र आश्मा गिरीले छमछमी नाचेका छन् । प्रसिद्धी सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन् ।
हाँस्य तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई, लक्ष्मी वर्देवा, आश्मा गिरी, जान्ह्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा लगायतको अभिनय छ ।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता विक्रम तामाङ छन् । सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी छन् ।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति र बाबुल गिरीले भरेका छन् ।
प्रतिक्रिया 4