+
+
Shares

‘धुरन्धर २’ को नेपाल ओपनिङ करोड माथि, सप्ताहन्तसम्म ४ करोड प्रक्षेपण

तीन दिनको कमाइ जोड्दा कुल कमाइ साढे ३ देखि ४ करोड रुपैयाँ ग्रससम्म हुने प्रक्षेपण गर्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १३:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ ले बिहीबार नेपालमा १ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्मले बिहीबार ७० देखि ८० प्रतिशत अकुपेन्सी कायम गरेको थियो र आगामी दिनमा ४ करोड रुपैयाँसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ।
  • फिल्मको दर्शकीय डिमान्डले क्यूएफएक्सको वेबसाइट डाउन भएको थियो र पछि पुनःसंचालन गरिएको छ।

काठमाडौं । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले नेपालमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले बिहीबार देशब्यापी १ करोड ५ लाख रुपैयाँ ग्रस कमायो ।

बिहीबार देशब्यापी अकुपेन्सी ७० देखि ८० प्रतिशत थियो । शुक्रबार यो फिल्मले १ करोड ३० लाख देखि डेढकरोडसम्म कमाउन सक्ने प्रक्षेपण गरिएको छ ।

शनिबार डेढकरोडदेखि २ करोडभित्र कमाइ हुने अनुमान गर्न सकिन्छ । तीन दिनको कमाइ जोड्दा कुल कमाइ साढे ३ देखि ४ करोड रुपैयाँ ग्रससम्म हुने प्रक्षेपण गर्न सकिन्छ ।

फिल्मले लगातार तीन दिनसम्म करोड रुपैयाँभन्दा माथिको कमाइ गर्ने पक्का छ । फिल्मको सकारात्मक समीक्षाको कारणले पनि यसले अझै केही साता राम्रै कमाइ गर्न सक्छ ।

बिहीबार नै यो फिल्मको लागि दर्शकीय डिमान्ड यति बढ्यो कि मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्सको वेबसाइट नै डाउन भयो । अन्य हलको साइट र टिकेटिङ एप खल्तीको सर्भर पनि स्लो देखिएको थियो ।

अपडेटपछि बिहीबार बेलुकादेखि नै क्यूएफएक्स  साइट पुनःसंचालनमा ल्याएको छ । साइट डाउन हुँदा भक्तपुर लगायतका हलले म्यानुअल शैलीमा टिकट बेचेका थिए ।

‘धुरन्धर’ को पहिलो भागले नेपालमा कम्तीमा १० करोड कमाएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?