+
+
Shares

‘धुरन्धर २’ को विश्वब्यापी कमाइ हजार करोड भारु नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक आदित्य धरको फिल्म 'धुरन्धर २ : द रिभेन्ज' ले प्रदर्शनको पहिलो आठ दिनमै विश्वभर १,०७९ करोड भारु कमाइसकेको छ।
  • 'धुरन्धर २' ले बलिउड र दक्षिण भारतीय फिल्मका ३२ वटा नयाँ बक्स अफिस रेकर्ड तोडेको छ र 'दंगल' को १० वर्षे कीर्तिमान भत्काउने सम्भावना छ।
  • यो फिल्मले भारतमा पहिलो सातामा ६७४ करोड भारु नेट कलेक्सन र ८०५ करोड भारु ग्रस ब्यापार गरेको छ भने विदेशी बजारबाट २७४ करोड भारु कमाएको छ।

मुम्बई । निर्देशक आदित्य धरको स्पाइ-एक्सन थ्रिलर फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ ले प्रदर्शनको पहिलो आठ दिनमै भारतीय सिनेमामा नयाँ इतिहास रचेको छ ।

यो फिल्म बिहीबार, मार्च १९ मा हलमा रिलिज भएको थियो । त्यसअघि मार्च १८ को साँझ पेड प्रिमियर शोसमेत राखिएको थियो । उक्त प्रिमियर शोबाटै रणवीर सिंह अभिनित यो सिक्वेलले रेकर्ड बनाउन सुरु गरेको थियो ।

अघिल्लो भाग ‘धुरन्धर पार्ट १’ ले ८६ दिनमा विश्वव्यापी रूपमा १,३०७ करोड भारु कमाएको थियो । तर ‘धुरन्धर २’ ले भने केवल ८ दिनमै विश्वभर १,०७९ करोड भारु कमाइसकेको छ ।

कमाइको गति यति तीव्र छ कि बक्स अफिसमा हरेक दिन नयाँ कीर्तिमान बनिरहेका छन् । बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्मका पुराना रेकर्डसमेत यसले तोड्दै गएको छ ।

पछिल्ला ८ दिनमा फिल्मले कुल ३२ वटा नयाँ बक्स अफिस रेकर्ड बनाएको छ । अब यही फिल्मले १० वर्षदेखि कायम रहेको ‘दंगल’ को कीर्तिमानसमेत तोड्ने अपेक्षा छ ।

‘धुरन्धरः द रिभेन्ज’ को कमाइको रफ्तार असाधारण छ । रणवीर सिंह, अर्जुन रामपाल, सञ्जय दत्त, आर माधवन, सारा अर्जुन र राकेश बेदी अभिनित फिल्मले पहिलो सातामै भारतमा ६७४ करोड भारु नेट कलेक्सन र ८०५ करोड भारु ग्रस ब्यापार गरेको छ ।

विदेशी बजारमा पनि फिल्मले २७४ करोड भारु ग्रस कमाइसकेको छ । विशेष कुरा के भने, युद्धको अवस्थाका कारण खाडी देशमा रिलिज नहुँदा पनि फिल्मले यस्तो सफलता हासिल गरेको हो ।

१० वर्षपछि आमिर खानको ‘दंगल’ को रेकर्ड तोडिने संकेत

सन् २०१६ मा रिलिज भएको आमिर खान अभिनित ‘दंगल’ आजसम्म पनि विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मका रूपमा कायम छ । निर्देशक नितेश तिवारीको यो फिल्मले चीनमा गरेको शानदार व्यापारका कारण विश्वव्यापी रूपमा २,०७० करोड भारु ग्रसको कमाइ गरेको थियो । यसमध्ये विदेशी बजारबाट मात्रै १,५३५ करोड भारु आएको थियो ।

दुई वर्षअघि सन् २०२४ मा आएको अल्लु अर्जुनको ‘पुष्पा २ : द रुल’ ले यो रेकर्ड तोड्ने प्रयास गरेको थियो । तर त्यो फिल्म १,७४२ करोड रुपैयाँको विश्वव्यापी कमाइमै सीमित रह्यो ।

अहिले भने ‘धुरन्धर २’ ले यो ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना बलियो देखिएको छ । यसले फेरि एकपटक भारतीय बक्स अफिसमा बलिउडको दबदबा स्थापित गर्ने संकेत दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?