News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म 'धुरन्धर २' ले प्रदर्शनको पाँचौं दिनसम्म नेपालमा ६ करोड ४० लाख ६९ हजार ७४७ रुपैयाँ ग्रस कमाएको छ।
- फिल्मले भारतमा ओपनिङ सप्ताहन्तमा ४२६ करोड नेट र विश्वभर ७०० करोड भारुको कमाइ गरेको छ।
- नेपाली वितरण कम्पनी नियोम फिल्म्सले 'धुरन्धर २' लाई साढे २ देखि ३ करोड भारुमा किनेको बताइएको छ।
काठमाडौं । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ ले नेपाली बक्सअफिसमा पनि आक्रामक कमाइ गरिरहेको देखिएको छ । भारत र विश्वभर उछाल कमाइ गरिरहेको फिल्मले नेपाली हललाई चलायमान तुल्याएको छ ।
प्रदर्शनको ५ औं दिनसम्म रणवीर सिंह स्टारर फिल्मले नेपालमा ६ करोड ४० लाख ६९ हजार ७४७ रुपैयाँ ग्रस कमाएको छ । यो कलेक्सन सोमबार बेलुका ५ बजेसम्मको हो ।
एड्भान्स टिकट बिक्रीको हिसाब पनि पहिल्यै आउने भएकाले पाँचौं दिनसम्मको हिसाब त्यही अंक वरपर हुन आउँछ । यो फिल्म विश्वभर बिहीबारदेखि प्रदर्शनमा आएको हो ।
फिल्मको अकुपेन्सीमा सोमबार केही गिरावट देखिएपनि बेलुकी र रात्रीकालिन शोज भने खचाखच नै छन् । ‘धुरन्धर’ को पहिलो भागले नेपालमा कम्तीमा १० करोड रुपैयाँ ग्रस कमाएको थियो ।
यो स्पाइ-एक्सन फिल्मलाई लिएर नेपाली दर्शकमाझ मिश्रित प्रतिक्रिया छ । ओपनिङ सप्ताहन्तमा त दर्शकीय भीड यति उच्च देखियो कि एकाबिहानैदेखि मध्यरातसम्मका शोज सबै हाउसफुल देखिए ।
केही दिनको झरीको समेत पर्वाह नगरि दर्शक हलमा पुगेका थिए । पहिलो सप्ताहन्त यो फिल्मले भारतमा ४२६ करोड नेट र विश्वभर ७०० करोड भारुको कमाइ गरेको जनाइएको छ ।
नेपाली वितरण कम्पनी नियोम फिल्म्सले ‘धुरन्धर २’ लाई साढे २ देखि ३ करोड भारुसम्म किनेको बताइन्छ । यदि यसो हो भने, यो फिल्मले लगानी उठाउन कम्तीमा १७ करोड नेरु ग्रस कमाउनुपर्छ ।
प्रतिक्रिया 4