News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म 'धुरन्धर २' चैत ५ गते विश्वभर प्रदर्शन तयारीमा छ र पहिलो भागले नेपालमा १० करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
- भारतीय वितरकले 'धुरन्धर २' को नेपाल राइट ३ करोड भारुमा बिक्री प्रस्ताव गरेका छन्, जसले नेपालमा रिलिज जोखिमपूर्ण बनाएको छ।
- नेपालमा विदेशी फिल्म ल्याउन वितरकबीच प्रतिस्पर्धा बढेको छ र 'धुरन्धर २' मा यो प्रतिस्पर्धा स्पष्ट देखिएको छ।
काठमाडौं । बलिउडको प्रतीक्षित फिल्म ‘धुरन्धर २’ चैत ५ गते विश्वभर प्रदर्शन तयारीमा छ । यो फिल्मको पहिलो भागले नेपालमा १० करोडभन्दा धेरै ग्रस कलेक्सन गरेको छ ।
यो फिल्मको चर्चा नेपालसहित विश्वभर छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले विश्वब्यापी ५० करोड भारुको एड्भान्स टिकट बिक्री गरिसकेको छ । भारतमा मात्र पेड प्रिभ्यूबाट २१ करोड भारु कमाइ भएको उल्लेख छ ।
यस्तोमा, यो फिल्मको नेपाल राइट अहिलेसम्म बिक्री भैसकेको छैन । भारतीय वितरकले महंगो मूल्यमा यसको नेपाल राइट बिक्री गर्न खोजेको स्रोतहरूले अनलाइनखबरलाई बताएका छन् ।
फिल्मको नेपाल वितरण अधिकार किन्ने प्रयासमा रहेका कम्तीमा ३ जना वितरक स्रोतले बताएअनुसार, भारतीय वितरकले यो फिल्मको नेपाल राइट ३ करोड भारु (४ करोड ८० लाख नेरु) मा बिक्रीको प्रस्ताव गरेका छन् ।
केडीएम खर्चसहित यो फिल्मको रिलिज लागत झन्डै ५ करोड पुग्न आउँछ । यदि ५ करोड नेरुमा फिल्म नेपालमा बिक्री भएको खण्डमा यसले लगानी उठाउन साढे १७ करोड नेरु ग्रस कमाउनुपर्ने हुन्छ ।
दोस्रो भागको नेपाल टेरिटोरीको राइट किन्न वितरकमाझ प्रतिस्पर्धाजस्तै छ । यद्यपि, अहिलेसम्म यो फिल्म नेपालमा रिलिज हुने कुरा निश्चित छैन । केही हलले सोही मितिमा आउन लागेको जानकारी वेबसाइटमार्फत दिएका छन् ।
‘अहिलेको नेपालको सिचुएसन हेर्दा त्यति महंगो मूल्यमा फिल्म ल्याउनु जोखिमपूर्ण देखिन्छ’ एक वितरकले भने, ‘अहिलेको राजनीतिक परिस्थिती, दर्शकको मनस्थिती र दर्शकको फुटफल हेर्दा त्यो चुनौतीपूर्ण देखिन्छ ।’ तर, प्रतीक्षित फिल्म भएकाले दर्शकलाई हलसम्म फर्काउने सम्भावना पनि यसमा छ ।
पछिल्लो समय विदेशी फिल्मलाई नेपाल ल्याउन स्थानीय वितरकको होड देखिन्छ । त्यो होड ‘धुरन्धर २’ मा स्पष्ट देखिएको छ ।
प्रतिक्रिया 4