News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म 'धुरन्धर २' ले नेपाली बक्सअफिसमा १० करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ।
- फिल्मको कुल लगानी उठाउन कमाइ साढे १७ करोड रुपैयाँ ग्रस हुनुपर्ने वितरकले बताएका छन्।
- दोस्रो सातामा सेयर प्रतिशत घट्ने भएकाले लगानी उठ्ने वा नउठ्ने विषय अनिश्चित छ।
काठमाडौं । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ अर्थात ‘धुरन्धर : द रिभेन्ज’ ले नेपाली बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्मले नेपाली बक्सअफिसमा अघिल्लो भागको कमाइलाई उछिन्ने देखिन्छ ।
आइतबारसम्म रणवीर सिंह स्टारर स्पाइ-एक्सन फिल्मको कमाइ १० करोड रुपैयाँ ग्रस नाघेको छ । दिउँसो १२ बजेसम्म फिल्मले १० करोड ४७ लाख १७ हजार ८११ रुपैयाँ ग्रस कमाएको छ ।
तर, यति कमाएर मात्रै यो फिल्मको लगानी उठ्दैन । नेपाली वितरकले गरेको लगानी उठाउन यसको कुल कमाइ साढे १७ करोड रुपैयाँ ग्रसभन्दा धेरै हुनुपर्छ ।
दोस्रो सातामा वितरकले हलबाट पाउने सेयरको प्रतिशतमा गिरावट आउने भएकाले लगानी उठाउन सक्छ या सक्दैन भन्ने कुरा अनुमानको कुरा हो । यद्यपि, यो फिल्मले भारत र विश्वभर उछाल कमाइ गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4