News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह अभिनित फिल्म 'धुरन्धर : द रिभेन्ज' ले रिलिजकै पहिलो दिन भारतमा १०२ करोड ५५ लाख भारु कमाएर बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गरेको छ।
- फिल्मले शाहरुख खानको 'जवान' को पहिलो दिनको कमाइलाई पछि पार्दै 'ए-रेटेड' भारतीय फिल्ममध्ये सबैभन्दा ठूलो पहिलो दिनको कमाइ गर्ने फिल्म बनेको छ।
- आदित्य धर निर्देशित 'धुरन्धर २' ले पेड प्रिभ्यूबाट ४३ करोड भारु कमाएको थियो र कुल कमाइ १४५ करोड ५० लाख भारु पुगेको छ।
मुम्बई । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले रिलिजकै पहिलो दिन भारतीय बक्सअफिसमा १०० करोड भारुभन्दा बढी कमाइ गर्दै ऐतिहासिक कीर्तिमान बनाएको छ । भारतभर २१ हजार ७२८ शोबाट फिल्मले पहिलो दिनमै करिब १०२ करोड ५५ लाख भारु कमाएको हो ।
यससँगै यो फिल्म बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । यसले शाहरुख खानको ‘जवान’को पहिलो दिनको कमाइलाई पनि पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो ।
साथै, हिन्दी फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ गर्ने मात्र होइन, ‘ए-रेटेड’ भारतीय फिल्ममध्ये पहिलो दिनमै यति ठूलो कमाइ गर्ने पहिलो फिल्म पनि बनेको छ ।
फिल्मले रिलिजअघि भएको पेड प्रिभ्यूबाट मात्रै ४३ करोड भारु कमाएको थियो । त्यसलाई जोड्दा ‘धुरन्धर २’को कुल बक्स अफिस कमाइ अहिले १४५ करोड ५० लाख भारु पुगेको छ ।
आदित्य धर निर्देशित यो फिल्म बिहीबारदेखि हलमा रिलिज भएको थियो । त्यसअघि मार्च १८ मा साँझ ५ बजेपछि सुरु भएका पेड प्रिभ्यूमा नै फिल्मले निकै ठूलो प्रतिक्रिया पाएको थियो ।
रिलिजका क्रममा केही प्राविधिक समस्याका कारण भारतभरका केही शो रद्द हुन पुगेका थिए । तर ती अवरोधबीच पनि फिल्मले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाउँदै धेरै पुराना रेकर्ड तोड्न सफल भयो ।
बक्स अफिसमा लगातार आक्रामक प्रदर्शन गरिरहेको ‘धुरन्धर २’ले प्रभास अभिनित ‘सलार’ र ‘कल्की २८९८ एडी’को पहिलो दिनको कमाइलाई पनि पछि पारेको छ । अहिले यो फिल्म यशको ‘केजीएफ : च्याप्टर २’को रेकर्ड तोड्न केही करोड रुपैयाँ मात्र टाढा छ ।
यससँगै ‘धुरन्धर २’ भारतमा सबैभन्दा धेरै पहिलो दिन कमाउने फिल्मको शीर्ष ५ सूचीमा मजबुत रूपमा प्रवेश गरेको छ । यस सूचीमा ‘पुष्पा २ : द रुल’ (१६४.२५ करोड), ‘आरआरआर’ (१३३ करोड), ‘बाहुबली २ ः द कन्क्लुजन’ (१२१ करोड) र ‘केजीएफ २’ (११६ करोड) पनि छन् ।
फिल्मले भारतीय सिनेमाको इतिहासमै सबैभन्दा धेरै पेड प्रिभ्यू कलेक्सन गर्ने कीर्तिमान पनि बनाएको छ । यसले प्रिभ्यूबाट मात्रै करिब ४७ करोड भारु कमाएको छ ।
आदित्य धरले लेखन, निर्माण र निर्देशन गरेको ‘धुरन्धर : द रिभेन्ज’मा रणवीर सिंह मुख्य भूमिकामा छन् । फिल्ममा अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन, राकेश बेदी र दानिश इकबालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया 4