News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर २’ नेपालमा बिहीबारदेखि रिलिज हुने टुंगो लागेको छ।
- नेपाल अधिकार नियोम फिल्म्सले साढे २ देखि ३ करोड भारुमा किनेको छ र वितरण अधिकार बिक्रीबारे सम्झौता मंगलबार भएको छ।
- फिल्मले १७ करोडभन्दा बढी कमाउनुपर्नेछ र ‘धुरन्धर’ को अघिल्लो भागले नेपाली बक्सअफिसमा कम्तीमा १० करोड रुपैयाँ कमाएको थियो।
काठमाडौं । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर २’ विहिबारदेखि नेपालमा रिलिज हुने टुंगो लागेको छ । मंगलबार दिउँसो भारतीय र नेपाली वितरकबीच वितरण अधिकार बिक्रीबारे सम्झौता भएको छ ।
फिल्मको नेपाल अधिकार नियोम फिल्म्सले किनेको स्रोतले जनायो । वितरण अधिकारको रकममा कुरा नमिल्दा नेपाल टेरिटोरीको प्रदर्शनमा अन्योलमा थियो ।
स्रोतका अनुसार साढे २ देखि ३ करोड भारुमा फिल्मको नेपाल राइट बिक्री भएको हो । यो भनेको झन्डै ५ करोड नेरु हुन आउँछ । लगानी उठाउन फिल्मले १७ करोडभन्दा धेरै कमाउनुपर्छ ।
रिलिज टुंगो लागेसँगै सम्भवतः मंगलबार बेलुका वा बुधबार बेलुकादेखि एड्भान्स टिकट बिक्री खुल्न सक्छ । बुधबार उपत्यकामा घोडेजात्राको बिदा भएकाले चलचित्र जाँच लगायतका कार्य प्रभावित हुनसक्छ ।
‘धुरन्धर’ को अघिल्लो भागले नेपाली बक्सअफिसमा कम्तीमा १० करोड रुपैयाँ कमाएको थियो । आदित्य धर निर्देशित यो फिल्मले विश्वब्यापी ओपनिङ २२५ देखि २५० करोड भारु कमाउन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4