+
+
Shares

कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ९:५८

४ चैत, धनगढी । कैलालीको एक अस्पताल सञ्चालनका विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद सिर्जना भएको छ । लम्कीचुहा अस्पतालको विषयलाई लिएर विवाद भएको हो ।

यो अस्पताल लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको छ । हाल यसै अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गठन गरेको छ । यसलाई नगरपालिकाले भने अस्वीकार गरेको छ ।

पालिकाले सञ्चालन गरिरहेको अस्पताल हस्तान्तरण नहुँदै प्रदेश सरकारले समिति गठन गरेको भन्दै नगर कार्यपालिकाको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो । नगर प्रमुख सुुशीला शाहीले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार भएको तर कुनै सल्लाहबिना आफूखुसी विकास समिति गठन गरिएकाले त्यसलाई स्वीकार नगर्ने निर्णय गरिएको बताइन् ।

शाहीले नगरपालिकाले सञ्चालन गरेको अस्पतालको जनशक्ति व्यवस्थापन तथा अन्य आर्थिक स्रोत व्यवस्थापनको पक्षको कुरा स्पष्ट गरेपछि मात्र अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने पनि बताएकी छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो ।

तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुक्त गरेको १५ शैय्याको अस्पताल भने प्रदेश सरकारलाई हस्तान्तरण हुन बाँकी रहेको र विकास समिति गठन गर्दा समन्वय नगरिएको भन्दै नगरपालिकाले त्यसलाई स्वीकार नगर्ने अडान लिएको छ । मंगलबारको कार्यपालिका बैठकमा उक्त निर्णयमा एक जनाले नोट अफ डिसेन्ट लेखेपनि अन्यले भने सो निर्णयमा सहमति जनाएका छन् ।

उक्त अस्पताल प्रदेशलाई हस्तान्तरण नभएका कारण अहिले नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्ड पनि यथावत छ ।

लम्कीचुहा नगरपालिकाको सहमतिअनुसार प्रदेश सरकारले अस्पताललाई मातहत ल्याउन संघीय सरकारलाई सिफारिस गरेको थियो । सोही आधारमा केही महिनाअघि संघीय सरकारले लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरिसकेको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले संघीय सरकारले लम्कीचुहा अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताएका छन् । कानुनी रुपमा अस्पताल प्रदेशलाई हस्तान्तरण भएपनि व्यवहारिक रुपमा नभएको कुरा साँचो भएको रेग्मीको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयले अस्पतालमा कार्यरत करार कर्मचारीलाई आफ्नो मातहत ल्याउन प्रक्रिया बढाएको थियो । तर, नगरपालिकाले नै चासो नदेखाएको मन्त्रालयको दाबी छ । मन्त्रालयले नगरपालिकासँग अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्न सम्झौता नै तयार पारेको छ । तर, नगरपालिकाले चासो नदिएपछि हस्ताक्षर गर्नै बाँकी छ ।

आइतबार सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए । विष्ट पूर्वशिक्षक हुन् । यस्तै अस्पताल समितिको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वारलाई नियुक्त गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?