+
+
Shares

‘धुरन्धर २’ को एक्सन-प्रधान ट्रेलर : कराँचीको बादशाह को बन्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतमा सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म 'धुरन्धर' को सिक्वेल 'धुरन्धर : द रिभेन्ज' को ट्रेलर सार्वजनिक गरिएको छ।
  • ट्रेलरमा रणवीर सिंहले दुई फरक पात्र जस्किरत सिंह रांगी र हम्जा निभाएका छन् भने आर. माधवन, अर्जुन रामपाल र संजय दत्तले पनि भूमिका खेलेका छन्।
  • फिल्म ५ भाषामा मार्च १९ मा विश्वभर प्रदर्शनमा आउनेछ र यसले पहिलो भागको अधुरो कथालाई अगाडि बढाउनेछ।

मुम्बई । भारतमा हिन्दी भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘धुरन्धर’ को बक्सअफिस सफलतापछि यसको सिक्वेल ‘धुरन्धर : द रिभेन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माण कम्पनी जियो स्टुडियो र बी६२ स्टुडियोले सार्वजनिक गरेको ट्रेलरले यो जासुसी-एक्सन थ्रिलरको सिक्वेल अघिल्लोभन्दा अझ ठूलो स्तरमा आउने संकेत दिएको छ ।

ट्रेलरमा अभिनेता रणवीर सिंह दुई फरक अवतारमा देखिएका छन् । उनले जस्किरत सिंह रांगी र हम्जा नामका दुई पात्र निर्वाह गरेका छन् । कथामा पात्रहरूको भूमिका पनि थप विस्तार गरिएको देखिन्छ ।

फिल्ममा आर. माधवन रणनीतिक योजनाकार अजय सन्यालको भूमिकामा छन् भने अर्जुन रामपाल आईएसआईका मेजर इकबालको रूपमा देखिन्छन् । संजय दत्तले एसपी चौधरी असलमको भूमिका चित्रण गरेका छन् ।

ट्रेलरमा तीव्र गतिका एक्सन दृश्य, तीखा संवाद र दर्शकलाई उत्साहित बनाउने क्षणहरू झल्काइएको छ । फिल्मले जासुसी कथालाई अझ ठूलो क्यानभासमा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ ।

‘धुरन्धर’ दुई भागमा प्रस्तुत गरिएको कथा हो । यसको पहिलो भागमा कराँचीको आपराधिक र राजनीतिक भूमिगत संसारमा घुसेर काम गर्ने एक भारतीय गुप्तचर एजेन्टको करिब दशक लामो गोप्य अभियानको कथा देखाइएको छ ।

दोस्रो भाग भने पहिलो भागको अन्त्यमा देखाइएको अधुरो मोडबाट अघि बढ्ने अपेक्षा गरिएको छ ।

हलमा प्रदर्शन सकिएपछि ‘धुरन्धर’ नेटफ्लिक्सको विश्वव्यापी ‘टप १०’ गैर-अंग्रेजी फिल्मको सूचीमा नम्बर १ मा पुगेको थियो । यो फिल्म भारत र पाकिस्तान दुवै देशमा पनि नम्बर १ स्थानमा रह्यो ।

‘धुरन्धर : द रिभेन्ज’ लाई आदित्य धरले लेखेका, निर्देशन गरेका र निर्माण गरेका हुन् । फिल्म ५ भाषामा रिलिज हुने बताइएको छ । हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम। ज्योति देशपाण्डे र लोकेश धर पनि यसका सह-निर्माता हुन् ।

यो फिल्म आगामी मार्च १९ मा विश्वभर प्रदर्शनमा आउनेछ । यसअघि सोही मितिमा रिलिज हुने भनिएको यश अभिनीत फिल्म ‘टक्सिक : अ फेरीटेल फर ग्रोन-अप्स’ भने पछि सारिएको छ ।

मध्यपूर्व क्षेत्रमा जारी अस्थिर अवस्थालाई कारण देखाउँदै निर्माताले यसको प्रदर्शन मिति मार्च १९ बाट सारेर जुन ४ तय गरेका छन् । यससँगै बक्सअफिसमा सम्भावित ठूला प्रतिस्पर्धाबाट ‘धुरन्धर : द रिभेन्ज’ जोगिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?