News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म 'धुरन्धर : द रिभेन्ज' ले भारतीय बक्सअफिसमा दुई दिनको अग्रिम टिकट बिक्रीबाट करिब २ लाख टिकट बिक्री गरी नयाँ कीर्तिमान बनाएको छ।
- फिल्मले राष्ट्रिय सिनेमा चेन पीभीआर-आइनक्स र सिनोपोलिसबाट करिब १ लाख ४१ हजार टिकट बिक्री गरी कुल आम्दानीको ८० प्रतिशत हिस्सा ओगटेको छ।
- रिलिज हुन १० दिन बाँकी रहँदा प्रिभ्युबाट करिब २० करोड रुपैयाँ नेट आम्दानी पुग्ने अनुमान गरिएको छ।
मुम्बई । बलिउडको ‘धुरन्धर : द रिभेन्ज’ ले भारतीय बक्सअफिसमा अग्रिम टिकट बिक्रीमा कीर्तिमान रचेको छ । ‘पेड प्रिभ्यु’ का लागि फिल्मले करिब २ लाख टिकट बिक्री गरिसकेको छ, जसको कुल आम्दानी करिब ९ करोड भारु नेट पुगेको छ ।
यसमा राष्ट्रिय सिनेमा चेन पीभीआर-आइनक्स र सिनोपोलिसबाट मात्रै करिब १ लाख ४१ हजार टिकट बिक्री भएका छन्, जसले कुल आम्दानीको झण्डै ८० प्रतिशत हिस्सा ओगटेको छ ।
योससँगै रणवीर सिंह अभिनित फिल्मले बलिउडमा सबैभन्दा धेरै पेड प्रिभ्यु आम्दानी गर्ने नयाँ कीर्तिमान बनाएको छ । यसअघि यो रेकर्ड ‘स्त्री २’ को नाममा थियो, जसले पेड प्रिभ्युबाट करिब ८.७५ करोड भारु नेट कमाएको थियो ।
रिलिज हुन अझै १० दिन बाँकी रहँदा मात्र दुई दिनको अग्रिम टिकट बिक्रीबाटै यो कीर्तिमान बनेको हो । अहिले यो रेकर्ड ‘दे कल हिम ओजी’ नामक फिल्मको नाममा छ, जसले प्रिभ्युबाट करिब २६ करोड भारु नेट कमाएको थियो ।
सन् २००८ मा रिलिज भएको ‘गजनी’ पछि प्रायः बलिउड फिल्मले पेड प्रिभ्युको रेकर्ड बनाएका छन् । ती सबै फिल्म आफ्नो रिलिजको समयमा उद्योगकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेका छन् । हालैको उदाहरण ‘स्त्री २’ हो, जसले ‘जवान’ (हिन्दी) लाई पछि पार्दै यो उपलब्धि हासिल गरेको थियो ।
अब ‘धुरन्धर : द रिभेन्ज’ बाट पनि त्यस्तै अपेक्षा गरिएको छ । विश्लेषकका अनुसार यो फिल्मले आफ्नो अघिल्लो भागको कमाइलाई समेत उछिन्दै नयाँ रेकर्ड बनाउन सक्छ ।
फिल्मको अग्रिम टिकट बिक्री क्रमशः अघि बढ्ने अनुमान छ । दैनिक बिक्रीको गति केही घटेर स्थिर हुन सक्छ । रिलिज हुन अझै १० दिन बाँकी भएकाले त्यस बेलासम्म पेड प्रिभ्युबाट करिब २० करोड रुपैयाँ नेट, सम्भवतः त्योभन्दा बढी आम्दानी पुग्ने अनुमान छ ।
प्रिभ्यु प्रदर्शनको कुल सम्भावित क्षमता करिब ५५ करोड भारु नेट रहेको बताइन्छ, जुन पछि बढेर ६५ करोड भारुभन्दा माथि पुग्न सक्छ । यस्तो अवस्थामा प्रिभ्युबाट मात्र ३० करोड भारुभन्दा बढी कमाइ हुने सम्भावना देखिन्छ ।
सप्ताहन्तका बाँकी दिनका लागि अग्रिम टिकट बिक्री बुधबारदेखि खुल्ने अपेक्षा गरिएको छ । तर प्रायः सिनेमाघरले तोकिएको समयभन्दा अघि नै टिकट बिक्री सुरु गर्ने चलन पनि देखिन्छ, र यहाँ पनि त्यस्तो हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4