News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा स्वभाविक रुपमा आफ्नो दाबेदारी रहने बताएका छन्।
- केसीले २०४७ देखिको संसदमा कांग्रेसको ठूलो योगदान आफूले दिएको उल्लेख गरेका छन्।
- उनले संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण निष्कर्ष निस्कियोस् भन्ने चाहना व्यक्त गरेका छन्।
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै दलकाे नेतामा स्वाभाविक रुपमा आफ्नो दाबेदारी रहने बताएका हुन् ।
‘संसदीय दलको नेतामा स्वत: दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ केसीले सञ्चारकर्मीसँग भने, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’
तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे ।
‘सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने छ,’ उनले भने ।
प्रतिक्रिया 4