+
+
Shares

विशेष महाधिवेशनले निराशालाई आशामा बदल्नुपर्छ: अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दण्डहीनता अन्त्य गर्न विशेष महाधिवेशनले भूमिका खेल्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १७:३९

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दण्डहीनता अन्त्य गर्न विशेष महाधिवेशनले भूमिका खेल्ने बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको निराशा चिर्नका लागि विशेष महाधिवेशन महत्त्वपूर्ण भएको बताएका हुन् ।

‘पार्टीभित्र र देशभित्र जुन निराशा छ । त्यसलाई अब आउने कांग्रेसलाई नयाँ नीति र नेतृत्वका साथ आशामा बदल्न विशेष महाधिवेशनले भूमिका खेलोस्,’ उनले भने, ‘। जेनजी आन्दोलनले जुन बाटो देखाएको छ । त्यसलाई सम्बोधन गर्ने गरी पूर्णरुपमा विशेष महाधिवेशन सफल रहोस् भन्ने म चाहन्छु ।’

उनले विधिविहीनताको अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए ।

‘विधिबिहीनताको अवस्था दण्डविहीनता अन्त्य गरोस भन्न चाहन्छु,’ उनले भने, ‘संसद्, सडक, सार्वजनिक ठाउँमा सार्वजनिक भ्रष्टाचारका छानबिन कांग्रेसकै नेतृत्वमा हुनुपर्छ,’ उनले भने, ‘पाँचसय र हजारको नोट बन्दी गरेर भ्रष्टाचारी नियन्त्रणमा लाग्नुपर्छ ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?