News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न आग्रह गर्नुभएको छ।
- चौधरीले विशेष महाधिवेशनको उद्घाटन समारोहमा देश र पार्टी बचाउने कदमलाई बिचमा नछोड्न भनेका छन्।
- उनले ३५ वर्षमा ३५ सरकार बने पनि कांग्रेसले बनाएको योजनाअनुसार देश सञ्चालन भइरहेको उल्लेख गर्नुभएको छ।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डलर अर्बपति विनोद चौधरीले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न आग्रह गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले देश र पार्टी बचाउने गरी भएको कदमलाई बिचमा नछोड्न भनेका हुन् ।
‘म महामन्त्रीद्वयलाई बधाई दिन चाहन्छु । तपाईंहरू अघि बढ्नुस् नछोड्नुस्,’ उनले भने, ‘कुरिरहेको विकासको खुड्किलोसम्म पुर्याउनुस् । यसको सार्थक पुरस्कार देश र पार्टीले पाउनेछ ।’
उनले ३५ वर्षमा ३५ नै सरकार बने पनि कांग्रेसले बनाएको योजनाअनुसार देश सञ्चालन भइरहेको पनि बताए । उनले थपे, ‘अर्थतन्त्रलाई बलियो बनाउन सक्ने अवसरलाई सार्थक बनाउन सक्ने पार्टी र देश बनाउनुपर्नेछ । भविष्यका लागि प्रतिवद्धता गर्न सक्ने नेतृत्व खोजेको छ ।’
प्रतिक्रिया 4