News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनको मागकर्तामध्येका नेता गुरुराज घिमिरेले सभापति र कार्यवाहक सभापतिलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
- घिमिरेले सभापति र कार्यवाहक सभापतिलाई \"मसँग अहिले तिक्ताको भण्डार रित्तिएको छ\" भन्दै विशेष महाधिवेशनमा सामेल भएर एकताको सन्देश दिन आह्वान गरेका छन् ।
- घिमिरेले नेपाली कांग्रेसका साधारण सदस्यले पनि पार्टीको दीर्घ जीवन र लोकतन्त्र सुनिश्चित गर्न महाधिवेशनमा सबैले भाग लिनुपर्ने बताए ।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मागकर्ताको अगुवामध्येका एक नेता गुरुराज घिमिरेले पार्टी सभापति र कार्यवाहक सभापतिलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै घिमिरेले पार्टी सभापति र कार्यवाहक सभापतिलाई महाधिवेशनमा सामेल भएर एकताको सन्देश दिन आह्वान गरेका हुन् ।
‘सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उभिएर म आग्रह गर्न चाहन्छु, मसँग अहिले तिक्ताको भण्डार रित्तिएको छ,’ उनले भने, ‘नराम्रो बोल्ने शब्दहरू रित्तिएको छ। तपाईंहरू पनि आउनुस्, यो विशेष महाधिवेनलाई सयप्रतिशतको महाधिवेन बनाऊँ ।आगामी संसदीय निर्वाचनलाई दिग्विजयमा परिणत गर्न नजरअन्दाज नगर्नूस्।’
त्यस्तै उनले थप भनेका छन्, ‘नेपाली कांग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घ जीवन र लोकतन्त्र सुनिश्चित भविष्यका लागि धेरै अर्थ राख्छ। आज यी सदस्यहरूले यो विशेष महाधिवेशन आह्वान गरेका छन्। यसमा सबैले भाग लिएर एकताको सन्देश दिनुपर्ने खाँचो छ ।’
प्रतिक्रिया 4