News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता केदार कार्कीले देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य भएको बताएका छन्।
- महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।
- ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् र उद्घाटन समारोह भृकुटीमण्डपमा जारी छ।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश र पार्टी जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन् ।
उनी नेता डा शेखर कोइरालानिकट नेता हुन् । कोइरालाको विश्वासपात्र मानिएका उनीले भनेका छन्, ‘देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य ।’
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन आह्वान गरेका हुन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन समूहका नेताले भने विशेषको औचित्य नभएको बताउँदै आएका छन् । तर अहिले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह जारी छ ।
प्रतिक्रिया 4