+
+
Shares

कांग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा

नेपाली कांग्रेसका ५ जिल्लाका सभापति ४७ जिल्ला सभापतिहरूले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका ५ जिल्लाका सभापतिहरूले ४७ जिल्ला सभापतिहरूलाई संविधान संरक्षण र राजनीतिक निकासका लागि निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।
  • महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकता र निर्वाचनमा सक्रियता आवश्यक भएको बताएका छन्।
  • कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी विभाजनबाट बच्न वार्ता र संवादमार्फत पार्टी एकताको प्रयास जारी राख्न केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्।

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका ५ प्रदेशका सभापति र ४७ जिल्ला सभापतिहरूले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

मुलुकमा विकसित राजनीतिक घटना, आसन्न प्रतिनिधिसभा निर्वाचन, सुरक्षा संवेदनशीलताजस्ता गम्भीर राजनीतिक परिस्थितिमा राजनीतिक निकासका लागि एकतावद्ध भएर कांग्रेसले मुलुकमा देखिएका चुनौती सामना गर्नु अहिलेको आवश्यकता रहेको जिल्ला सभापतिहरूको भनाइ छ ।

‘यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रीय रुपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५औं नियमित महाधिवेशन कार्यतालिका (२८–३१ वैशाख) निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा रहेको उनीहरूको दाबी छ ।

‘विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत् पार्टी विभाजनबाट वचाउन केन्द्रित हुन आवश्यक छ,’ सभापतिहरूले भनेका छन् ।

यी हुन् विशेषको विपक्षमा खुलेका प्रदेश र जिल्ला सभापतिहरू 

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?