News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा खुलेर सभापति देउवाको समूह छोड्ने निर्णय गरेका छन्।
- गोपालमानले सिंगापुरबाट फर्केपछि देउवाले सबै अधिकार लिएर आफूलाई मनपरी गरेको आरोप लगाएका छन्।
- उनले विशेष महाधिवेशन सफल बनाउन आफूले पूरै सहयोग गर्ने र गगनकुमार थापासँग छलफल गरेको बताए।
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
शनिबार आफ्नै निवासमा भेट्न आएका महामन्त्री गगनकुमार थापासँगको छलफलपछि आफू सभापति शेरबहादुर देउवाको समूह छोड्ने निष्कर्षमा पुगेको बताए ।
‘म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,’ उनले अनलाइनखबरसँग भने, ‘मैले १४औं महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । उहाँ तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।’
उनले सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति दिएर सिंगापुर गएर फर्किएपछि पूरै अधिकार लिएको भन्दै आपत्ति जनाए । उनले आफूले देउवालाई संकटमा साथ दिएको पनि बताए ।
‘सिंगापुर जानुअघि कार्यवाहक दिएँ भन्नुभयो । आएपछि अधिकार सबै लिनुभयो । आफ्नो अर्काको चिन्नुभएन । संकटमा साथ दिएकाको साथ छोड्नुभयो,’ उनले भने, ‘अब विशेष महाधिवेशन सफल गर्न मेरो पूरै सहयोग हुन्छ । आज गगन मेरै निवास(कुलेश्वर आवास क्षेत्र)मा आउनु भएको थियो । विश्वसँग फोनमा कुरा गरेँ । सहयोग गर्ने निर्णय गरेँ ।’
कांग्रेसमा गोपालमानसहित ७ भाइ सभापति देउवाको पक्षमा खुलेका थिए । सात भाइहरूमा गोपालमानसहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह, विजय गच्छदार र प्रकाशशरण महत छन् ।
गोपालमानबाहेक अन्य नेता भने अहिले पनि विशेष महाधिवेशनको विपक्षमा छन् ।
प्रतिक्रिया 4