
२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अहिलेको परिस्थितिले २१ फागुनका लागि निर्धारण भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका उत्पन्न भएको बताएका छन् ।
ललितपुरको झम्सिखेलमा आइतबार पत्रकार सम्मेलन गरेर उनले चुनाव हुन्छ कि हुन्न भन्नेमा अहिलेको परिस्थितिले शंका उत्पन्न गरेका बताएका हुन् ।
‘अहिलेको परिस्थिति जटिल छ । जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ,’ नेता श्रेष्ठले भने, ‘चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शंका उत्पन्न भएको छ ।’
गत २३ भदौमा जेनजी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रमले मुलुकको भविष्य दुविधामा परेको पनि उनले बताए ।
‘२३ र २४ भदौको घटनाले आतंक बनायो जनलाई,’ श्रेष्ठले भने, ‘यो राष्ट्र कता जाने दुविधा छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवापछि पार्टीमा आफूले काम गरेको उनको भनाइ थियो ।
श्रेष्ठले देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अन्य दलका नेताले नेतृत्व हस्तान्तरणमा अग्रसरता नदेखाएको बताए ।
‘शेरबहादुरजी पछि मैले कांग्रेसमा काम गरेको हुँ । ढिलै भए पनि उहाँले नेतृत्व हस्तान्तरण गर्नुभयो । अरू नेताले त्यो अग्रसरता देखाएनन्,’ श्रेष्ठले भने, ‘योबारे केन्द्रीय समितिमा हिजो बोल्छु भनेको ऋषिजीको निधनले केन्द्रीय समिति सर्यो ।’
प्रतिक्रिया 4