News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्न सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन्।
- उनीहरूले जेनजी, नयाँ उदाएका शक्ति र राजनीतिक दलबीच गोलमेच सम्मेलन नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए।
- श्रेष्ठले राष्ट्रिय एकताको खाँचो भएको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी, नयाँ उदाएका शक्ति र राजनितिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।
उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ । अहिले राष्ट्रिय एकताको खाँचो भएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने बताए ।
‘सर्वसम्मत, सर्वदलीय जेनजीदेखी लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अगाडी बढ्नुपर्छ,’ उनले भने, ‘यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई काँग्रेसको विधान अनुसार त्यसलाई मान्नुपर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’
प्रतिक्रिया 4