२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘मिल्नका लागि प्रयास हुँदैछ,’ कोइरालाले भने, ‘पार्टी कुनै हालतमा ब्रेक गर्न हुँदैन भन्ने हाम्रो धारणा हो ।’
कांग्रेसमा इतर पक्षीय नेताहरूले विशेष महाधिवेशन अघि बढाएपछि संस्थापन पक्षका नेताहरू थप छलफलमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4