+
+
Shares

शशांकको दु:खेसो : चारपटक चुनाव जितेँ तर मन्त्री भइनँ, मेरै घर जल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक भएको टिप्पणी गरेका छन्।
  • कोइरालाले जेन-जीले सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालका विषय उठाए तर पछि आगो लगाउन थालेको बताए।
  • उनले आफ्नै र अन्य नेताका घर जल्नुको कारण नबुझिएको र संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एकजुट हुनुपर्ने बताए।

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे’ उनले भने, ‘भनिन्छ, एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरू आन्दोलनमा घुसेका छन् ।’

नेता कोइरालाले वास्तविक जेनजी को हो भनेर ठम्याउनुपर्ने समय आएको बताए । ‘पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्‍यो । उनीहरूले तीन वटा कुराहरू उठाए’ उनले भने, ‘सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए ।’

उनले जेनजीलाई आफ्नो घर किन जलाएको भनी प्रश्न गरे । ‘मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ ? थाहा छैन । चार चोटि चुनाव जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ ।’

उनले थपे, ‘मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?