+
+
Shares

शेरबहादुरलाई भेटेर निस्किएका शशांकले भने : पार्टी विभाजन रोक्ने प्रयास हुँदैछ

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी विभाजन रोक्ने प्रयास भइरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी विभाजन रोक्ने प्रयास भइरहेको बताएका छन्।
  • सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि उनले 'मिलाउने प्रयास हुँदैछ' भने।
  • विशेष महाधिवेशन नेतृत्व चयनतर्फ गएको संकेतपछि विभाजन रोक्न देउवा र अन्य नेताहरू छलफल गरिरहेका छन्।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी विभाजन रोक्ने प्रयास भइरहेको बताएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मिलाउने प्रयास हुँदैछ । पार्टी कुनै हालतमा पनि ब्रेक गर्न हुँदैन भन्ने कुरा भयो ।’ उनले अन्य नेताहरूसँग छलफल गरिरहँदा शेखर कोइराला पनि आएको र विभाजन रोक्नेबारे कुरा गरेको बताए ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आइतबार उद्घाटन सत्र भएको थियो भने आज बन्दसत्र जारी छ । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष अधिवेशन सभापति देउवासहितका नेताले बेवास्ता गरेपछि महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ गएको संकेत पाएपछि देउवा र विशेष महाधिवेशनको पक्षमा नरहेका नेताहरू पार्टी विभाजन रोक्न भन्दै छलफल गरिरहेका छन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?