+
+
Shares

शेरबहादुरलाई शेखरको आग्रह : पार्टी विभाजन रोक्नुस्

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।
  • शेखर कोइरालाले देउवासँग आधा घण्टा छलफल गर्नुभएको छ र विभाजन रोक्न तत्काल कदम चाल्न भनिएको छ।
  • महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । केहीबेरअघि आफूनिकटका पदाधिकारी तथा नेताहरूसहित देउवा निवास महाराजगञ्जमा पुगेका शेखरले देउवालाई यस्तो आग्रह गरेको भेटमा सहभागी एक नेताले अनलाइखबरलाई जानकारी दिए ।

‘शेखर दाइको नेतृत्वमा हामी सभापतिलाई भेट्न आयौँ । थुप्रै नेताहरू हुनुहुन्थ्यो,’ उनले भने,’ उहाँ (शेखर)ले विभाजनबाट रोक्न के गर्न सकिन्छ तत्काल गर्नुस् भन्नुभयो ।’

शेखरका स्वकीय सचिव दिनेश थपलियाले देउवासँग आधा घण्टा छलफल भएको  जानकारी दिए ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरे । सोहीअनुसार आइतबार उद्घाटन भयो । सोमबार बन्दसत्र जारी छ ।

यही बेला देउवा भने आफूनिकट नेता र कानुनव्यवसायीसँग छलफलमा जुटेका छन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?