+
+
Shares

शेरबहादुर देउवा पर्ख र हेरको अवस्थामा हुनुहुन्छ : वीरबहादुर बलायर

नेता वीरबहादुर बलायरले सभापति पार्टी कसरी एक बनाउने भन्ने चिन्तामा रहेको पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी विशेष महाधिवेशनलाई लिएर पर्ख र हेरको अवस्थामा हुनुहुन्छ।
  • नेता वीरबहादुर बलायरले सभापति पार्टी कसरी एक बनाउने भन्ने चिन्तामा रहेको बताए।
  • सभापति र महामन्त्री गगनकुमार थापा तथा विश्वप्रकाश शर्माले पार्टी विभाजनको पक्षमा नरहेकोले निकास निस्कने सम्भावना रहेको छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी विशेष महाधिवेशनलाई लिएर पर्ख र हेरको अवस्थामा रहेको नेताहरूले बताएका छन् ।

नेता वीरबहादुर बलायरले सभापति पार्टी कसरी एक बनाउने भन्ने चिन्तामा रहेको बताए ।

‘पार्टीलाई कसरी एकता राख्ने भन्नेमा सबैको चिन्ता र चासो छ । विशेष महाधिवशन भनिएको भेलाले कस्तो एजेन्डा ल्याउँछ भन्ने छ,’देउवासँगको छलफलपछि बलायरले भने, ‘देश संक्रमणकालीन अवस्थामा छ । निर्वाचन र अधिवेशन सम्पन्न गरेर राष्ट्रियता बलियो बनाउनुपर्छ भन्नेमा सभापतिको जोड छ । अहिले चाहिँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।’

उनले सभापति र विशेष महाधिवेशन पक्षमा रहेका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा पार्टी विभाजनको पक्षमा नरहेकोले निकास निस्किने बताए ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?