+
+
Shares

रामहरिले भने- पूर्णबहादुर र शेखरलाई महाधिवेशन स्थल पठाउँछौं

आजै सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई बोलाएर विशेष महाधिवेशन केन्द्रित छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसभित्रको द्वन्द्व अन्त्यका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ।
  • सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई बोलाएर विशेष महाधिवेशन केन्द्रित छलफल गरेका छन्।
  • नेता रामहरि खतिवडाले पार्टी एकता र बलियो बनाउन हठ त्यागेर निष्कर्ष निकाल्नुपर्ने बताए।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्रको द्वन्द्व अन्त्यका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा पार्टी संस्थापन समूहका नेताहरू भने त्यसलाई रोकेर पार्टी एक बनाएर जानेबारे छलफल गरिरहेका छन् ।

आजै सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई बोलाएर विशेष महाधिवेशन केन्द्रित छलफल गरेका छन् । छलफलमा सहभागी नेता रामहरि खतिवडाले पार्टीलाई बलियो बनाउनेबारे कुरा भएको बताए ।

उनले भने, ‘भृकुटीमण्डपमा शेखर कोइराला, पूर्णबहादुर खड्का को हुन्छ गएर सम्बोधन गरेर पार्टी एकता हुन्छ भने पनि त्यो गरौँ भनेर हामी लागेका छौँ ।’

उनले विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेकाहरूले हठ त्यागेर निष्कर्ष निकाल्नुपर्ने बताए ।’निष्कर्ष- पार्टीलाई बलियो बनाउँदा के हुन्छ त्यो गरौँ भन्ने हो । मेरो बाह्रै टक्का नगरौँ भन्ने कुरा सभापतिजीसँगको छलफलमा भयो,’ उनले भने ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?