+
+
Shares

गगन-विश्वसँग छलफल गर्ने जिम्मा देउवा र पूर्णबहादुरलाई

केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन्।
  • सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा दिइएको छ।
  • मीनबहादुर विश्वकर्माले भने, 'कोही पनि पार्टी विभाजन चाहँदैन' र सभापतिले पार्टी एक राख्ने गरी छलफल थाल्नु भएको हो।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन् ।

केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो ।

‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी मीनबहादुर  विश्वकर्माले भने, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो ।

उनले महामन्त्रीहरूसँगको छलफल आजै र चाँडै हुने पनि बताए ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?