+
+
Shares

मौसमअनुसार स्कार्फको प्रयोग कसरी गर्ने ?

प्रकृति वस्ती प्रकृति वस्ती
२०८२ पुष २८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कार्फले साधारण लुगालाई आकर्षक बनाउने बहुमुखी एक्सेसरिजको रूपमा फेसनमा महत्वपूर्ण भूमिका खेल्छ।
  • स्कार्फलाई टाउको, घाँटी, कम्मर, ब्याग र जुत्तामा विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ।
  • गर्मीमा ब्राइट र फ्लोरल स्कार्फ र जाडोमा पश्मिना स्कार्फले फेसन र तातोपन दुवै प्रदान गर्छ।

फेसनको दुनियाँमा एक्सेसरिजहरूले विशेष भूमिका खेल्छन् । तीमध्ये स्कार्फ एक यस्तो बहुमुखी एक्सेसरिज हो जसले साधारण लुगालाई पनि विशेष बनाउँछ । जसरी खानामा मसला हाल्दा स्वाद बढ्छ, त्यसरी नै लुगामा स्कार्फ जस्ता एक्सेसरिजले थप स्वाद र आकर्षण दिन्छन् ।

स्कार्फलाई धेरैजसो मानिसहरूले साधारण रूपमा प्रयोग गर्छन् । जस्तै स्कुटर चढ्दा टाउको छोप्न, मुख ढाक्न वा घाँटीमा बाँध्न । तर यसको प्रयोग गर्ने तरिका यतिमा मात्र सीमित छैन । यो बजेट–अनुकूल तरिका हो जसले कलर, ट्रेन्ड र स्टाइललाई सजिलै समावेश गर्न सकिन्छ ।

स्कार्फको महत्वः लुगालाई आफ्नो बनाउने कला

स्कार्फलाई फेसनमा ‘मसला’को रूपमा लिन सकिन्छ । एउटा साधारण ड्रेस वा लुगालाई यसले पूर्णता दिन्छ । उदाहरणका लागि, एउटा सादा आलु जस्तै हुन्छ—त्यसमा नुन, मसला र अन्य सामग्री थप्दा स्वादिलो बन्छ । त्यसैगरी, एउटा सिम्पल सेतो ड्रेसमा स्कार्फ थप्दा यसको लुक पूरै फरक हुन्छ । यदि फर्मल लुक चाहियो भने फर्मल एलिमेन्टहरू थप्न सकिन्छ, तर स्कार्फले यसलाई व्यक्तिगत स्टाइल दिन्छ ।

फेसन भनेको किन्ने कुरा होइन, बरू आफ्नो तरिकाले लगाउने कला हो । लुगालाई आफ्नो स्टाइलको बनाउन एक्सेसरिजहरू आवश्यक हुन्छन् । स्कार्फले कलर थप्ने, ट्रेन्ड फलो गर्ने र लुकलाई विविधता दिने काम गर्छ ।

धेरैजसो मानिसहरू धेरै उज्यालो कलरबाट डराउँछन् यो कलर मलाई सुहाउँदैन होला, धेरै चम्किलो देखिन्छ होला भनेर उनीहरू कालो, सेतो जस्ता रङहरूमा सीमित रहन्छन् । तर स्कार्फले यो समस्या समाधान गर्छ । यो सस्तो र सजिलो तरिका हो, जसले कलर थप्न सकिन्छ, बिना जोखिम । एउटा सेतो ड्रेसमा फरक–फरक कलरका स्कार्फहरू प्रयोग गर्दा हरेक पटक नयाँ लुक मिल्छ ।

स्कार्फ स्टाइलिङका विभिन्न तरिका

स्कार्फको सबैभन्दा ठूलो विशेषता यसको बहुउपयोगिता हो । यसलाई विभिन्न अङ्गहरूमा विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । यहाँ केही प्रमुख तरिकाहरू यस्ता छन् ।

टाउकोमा (ब्यान्ड स्टाइल) : स्कार्फलाई ब्यान्ड जसरी टाउकोमा बाँध्न सकिन्छ । यो क्याजुअल लुकका लागि उपयुक्त हुन्छ र समरमा धेरै चल्तीमा छ ।

घाँटीमा : स्कार्फलाई घाँटीमा लगाउनु सबैभन्दा सामान्य तरिका हो । यसलाई साधारण रूपमा बाँध्न सकिन्छ वा फन्का पारेर स्टाइलिश बनाउन सकिन्छ । जाडोमा बाक्लो स्कार्फले तातो दिनुका साथै फेसन पनि थप्छ ।

कम्मरमा (बेल्ट जस्तो) : आजकल कम्मरमा स्कार्फ बाँध्ने चलन छ । यसले सामान्य पोसाकलाई पनि आकर्षक बनाउँछ । बेल्ट लगाउँदा स्कार्फलाई ह्याङ गरेर कलर थप्न सकिन्छ।

ब्यागमा : यदि ड्रेस साधारण छ भने ब्यागमा स्कार्फ बाँध्दा लुक फरक हुन्छ । यो सजिलो ह्याक हो, जसले एक्सेसरिजको रूपमा काम गर्छ ।

कपालमा : स्कार्फलाई हेयर ब्यान्ड जसरी बाँध्न सकिन्छ । यो महिलाहरूका लागि विशेष रूपमा उपयोगी छ र क्याजुअल आउटफिट्समा राम्रो देखिन्छ ।

जुत्तामा वा अन्य ठाउँमा : केही सिर्नात्मक तरिकाले जुत्तामा बाँध्न सकिन्छ, यद्यपि यो सबैका लागि सम्भव नहोला । मुख्य कुरा, स्कार्फलाई प्रयोग गर्ने स्थान तथा तिरकाहरू धेरै छन् । यो कुनै पनि ठाउँमा कलर र टेक्स्चर थप्न सकिन्छ ।

मौसमअनुसार स्कार्फको प्रयोग

फेसन मौसमसँग जोडिएको हुन्छ, र स्कार्फलाई मौसमअनुसार प्रयोग गर्दा अझ प्रभावकारी हुन्छ ।

गर्मीमा

गर्मीको समयमा जस्तै फ्लोरल, लाइन वा ब्राइट कलरहरू चल्छन् । लुगामा ट्रेन्ड फलो गर्न जोखिमपूर्ण हुन्छ, किनकि ट्रेन्ड चाँडै बदलिन्छ । तर स्कार्फमा इन्भेस्ट गर्नु सुरक्षित हुन्छ । उदाहरणका लागि, यदि लाइन प्याटर्न ट्रेन्ड छ भने लाइनयुक्त स्कार्फ प्रयोग गर्न सकिन्छ ।

यसले ट्रेन्ड फलो गर्दै कलर थप्छ, र यदि ट्रेन्ड गए पनि स्कार्फलाई अन्य उपयोगमा ल्याउन सकिन्छ—जस्तै ट्राभल गर्दा वा एयरपोर्टमा । यस वर्ष फ्लोरल र ब्राइट कलरहरू चल्तीमा छन्, त्यसैले समर स्कार्फहरूमा यी समावेश गर्न सकिन्छ ।

जाडोमा

जाडोमा ओभरकोटहरू र न्यूट्रल कलरहरू जस्तै: कालो बढी प्रयोग हुन्छन् । यो परम्परागत तथा दिक्कलाग्दो हुन सक्छ । स्कार्फले यहाँ कलर प्ले गर्छ । उदाहरणका लागि, ब्ल्याक कोटमा रेड, येलो, मस्टर्ड येलो वा ब्लु कलरको पश्मिना स्कार्फ लगाउँदा लुक फेसन फरवार्ड हुन्छ । लङ्ग लेन्थका स्कार्फहरू उपयुक्त हुन्छन् । गुणस्तर महत्वपूर्ण छ । उलनको स्कार्फ तातो दिन्छ, तर यदि हाइट सानो छ भने यसले थिचेको जस्तो देखिन सक्छ ।

पश्मिनाको स्कार्फ हल्का र स्टाइलिश हुन्छ । कोटको लेन्थसँग मिल्ने स्कार्फ छनोट गर्दा अझ राम्रो देखिन्छ । जाडो छोटो हुन्छ भन्दैमा बोरिङ कलरहरू मात्र छान्नु हुँदैन स्कार्फको प्रयोगले पहिरनमा चकम थप्न सकिन्छ ।

पुरुष र महिलाका लागि फरक-फरक

स्कार्फ महिलाहरूले मात्र होइन, पुरुषहरूले पनि प्रयोग गर्छन् । यो जेन्डर–न्यूट्रल एक्सेसरिज हो, जसको बुट्टा, मोटाइ र मटेरियल फरक हुन सक्छ, तर उपयोग उस्तै छ । क्याश्मिर वा पश्मिनाका स्कार्फहरू दुवैले प्रयोग गर्न सक्छन् ।

महिलाहरूका लागि

ड्रेस, कोट वा क्याजुअल आउटफिट्समा सजिलै प्रयोग हुन्छ । घाँटीमा बाँधेर, कम्मरमा वा ब्यागमा धेरै तरिकामा लागू हुन्छन् ।

पुरुषहरूका लागि

जाडोमा कोटमा बेरेर लगाउन सकिन्छ । लेदर ज्याकेटमा छोटो स्कार्फ राख्दा स्टाइलिश देखिन्छ । घाँटीमा गलबन्दी जसरी बाँध्नु वा फन्का पारेर लगाउन सकिन्छ यसले तातो दिनुका साथै फेसन थप्छ ।

स्कार्फ-बजेट फ्रेन्डली फेसन ह्याक

स्कार्फ फेसनका लागि एकदमै उपयोगी र बजेट–अनुकूल एक्सेसरिज हो । यसले कलर थप्ने, ट्रेन्ड फलो गर्ने र लुगालाई व्यक्तिगत बनाउने काम गर्छ । कम खर्चमै साधारण लुगाहरूलाई पनि यसले जीवन्त बनाउँछ । मौसमअनुसार छनोट गर्दा र क्वालिटीमा ध्यान दिँदा अझ राम्रो नतिजा मिल्छ । पुरुष होऊन् वा महिला, स्कार्फले सबैलाई स्टाइलिश बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?