News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको निर्माणाधीन जिल्ला प्रशासन कार्यालयको भवनमा एक पुरुषको जलेको शव फेला परेको छ।
- प्रहरीले शव केही दिनअघिको हुन सक्ने र ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको जनाएको छ।
- घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने र सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
२८ पुस, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
जलेको अवस्थामा भेटिएको शव केही दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ । हालसम्म शवको पहिचान हुन नसकेको तथा ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने गरेको उनी सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4