+
+
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ७:१४

२९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि  राहदानीसम्बन्धी सेवा सुरु भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई सिफ्टमा सञ्चालन हुनेछ ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा सञ्चालन हुने उनले जानकारी दिए । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ ।

सेवाग्राहीको अत्यधिक चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु पाँच बजेभित्रै उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?