+
+
Shares

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका

प्रशासनले शुक्रबार सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गरिने जानकारी दिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि चैत २० गते अन्तिम मौका दिएको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले विभिन्न कारणले उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गरी आह्वान गरिएको बताए।
  • वर्गीकरणका लागि घाइतेले उपचार तथा स्वास्थ्य परीक्षण कागजात र परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने प्रशासनले जनाएको छ।

६ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको हो।

वर्गीकरण प्रक्रियामा सहभागी हुन चैत २० गते शुक्रबार दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुग्न प्रशासनले आग्रह गरेको छ ।

आवेदन दिन उपचार तथा स्वास्थ्य परीक्षण गरिएका सक्कल कागजात र जेनजी घाइते परिचयपत्र ल्याउन र घाइते व्यक्ति स्वयं उपस्थित हुन भनिएको छ ।

प्रशासनका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण टुंग्याइसकेको छ। यसअघि २०८२ मंसिर ५, मंसिर १२ र माघ १८ गते अधिकांश घाइतेको वर्गीकरण सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?