News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वको युद्ध अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् ।
- गुटेरेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा युद्ध रोक्न सक्ने र सम्बन्धित पक्षलाई मनाउन सक्ने विश्वास व्यक्त गरे।
- गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्वभर ऊर्जा संकट र मानवीय क्षति बढाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् ।
ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’
उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट गर्ने र त्यहाँको सत्ता परिवर्तन गर्ने रणनीति लिएको छ भने इरानले सकेसम्म लामो समयसम्म प्रतिकार गर्ने रणनीति अपनाएको छ।
महासचिव गुटेरेसले यो जटिल समस्या समाधानका लागि अमेरिकाले आफ्नो लक्ष्य पूरा भएको घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । उनले राष्ट्रपति ट्रम्पले सम्बन्धित पक्षहरूलाई युद्ध अन्त्यका लागि मनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरान बीचको यो युद्ध अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ, जसले गर्दा विश्वभर ऊर्जा संकट र मानवीय क्षति बढ्दै गएको छ।
गुटेरेसको यो भनाइले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले अब ह्वाइट हाउसको कदमलाई विशेष चासोका साथ हेरिरहेको संकेत गर्दछ।
प्रतिक्रिया 4