News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन र जनमैत्री सेवा प्रवाहका लागि सार्वजनिक सम्बोधन प्रणाली सञ्चालनमा ल्याएको छ।
- प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा पाउन मद्दत गर्ने बताए।
- प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रणाली निरीक्षण गरेका छन्।
२ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।
सोमबार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रुपमा सुरु गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको बताए ।
‘आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले समग्र सेवा प्रवाहका लागि, सुशासनको लागि, जनमैत्री सेवा, जवाफदेहीता, पारदर्शिता लगायत जेन–जी आन्दोलनपछि सशक्त रुपले जुन खालको आवाज उठेको थियो,’ उनले भने, ‘त्यसलाई सम्बोधन गर्नेगरी हामीले सेवा प्रवाहको एउटा नविनतम मोडेलको रुपमा पब्लिक अनाउन्समेण्ट सिस्टम ‘सार्वजनिक सम्बोधन प्रणाली’को विकास गरेका छौं ।’
परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।
यस प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन मद्दत विश्वास गरिएको उनको भनाइ छ ।
उक्त प्रणालीको सोमबार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले निरीक्षण समेत गरेका छन् ।
प्रतिक्रिया 4